Logo
Logo

माधव–झलनाथ समूहलाई कारवाही गर्ने ओली समूहको तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले ओली समूहले माधव–झलनाथ समूहलाई कारवाही गर्ने तयारी गरेको छ । पार्टीको विधान र हित विपरित गतिविधि गरेको आरोपमा प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली समूहले माधव–झलनाथ समूहलाई कारवाही प्रकृया थालेको हो । पहिलो चरणमा पत्र काटेरै स्पष्टीकरण सोध्ने तयारी गरिएको बताइएको छ ।

सनिबार बालुवाटारमा बसेको ओली समूहको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनीहरुले निरन्तर गरिरहेको गतिविधि कारबाहीको लायक भएको भन्दै कारवाही गरिने बताएका थिए ।

माधव–झलनाथ समूहको चाहना एमालेमा बस्ने नभएको बरु पार्टी कब्जा गरेर प्रचण्डलाई बुझाउने रहेको भन्दै ओलीले यस्ता गतिविधिमा संलग्लाई कारवाही गरिने बताए हुन ।

मावध–झलनाथ समूह भने ओलीले मनपरी गतिविधि गरेको भन्दै समानान्तर गतिविधि संचालन गरिरहेको छ । उनीहरुले फागुन २८ गते ओली समूहले गरेको निर्णय खारेज गर्नुपर्ने अडान राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्