Logo
Logo

प्रतिनिधिसभाले अब लय समात्दै जानेछ : सभामुख


दृष्टि संवाददाता


काठमाडौं । सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभाले विस्तारै लय समात्ने जाने बताएका छन् । शनिबार जीपी कोइराला मेमोरियल कलेजको आठौँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् ।
सभामुख सापकोटाले प्रतिनिधिसभा सञ्चालनमा केही समस्या भएका कारण त्यसलाई लयमा फर्काउन मेहनत गर्न आवश्यकता रहेको बताए । संसद छलफल, बहस, वादविवाद र सम्वाद हुँदै अघि बढ्नुपर्ने बताउँदै उनले चुनौतीहरुको सामना गर्न प्रतिकुलतामा पनि अनुकुलता उपायहरु खोजिरहेको बताए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद भिमसेनदास प्रधानले राजनीतिक पार्टीहरुबीच सहमति र सहकार्य हुन नसकेको बताएँदै सहमति साथ मुलुकलाई राजनीतिक स्थिरतातर्फ लैजानु आवश्यक रहेको बताए । ‘मुलुक तरलताको अवस्थामा छ’ उनले भने, ‘अझैपनि राजनीतिक पार्टीमा सहमति, सहकार्य र एकता हुन सकेको छैन। मुलुकलाई समृद्धितर्फ, राजनीतिक स्थिरतातर्फ लगेर जान आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्