Logo
Logo

एमाले विवाद मिलाउने प्रयासः मागपत्र लिएर माधव पक्षका तीन सांसद बालुवाटारमा


दृष्टि संवाददाता


काठमाडौं, ७ चैत ।
एमालेमा दुई पक्षबीच विवाद मिलाउनका लागि पहल सुरु भएको छ ।
नेकपा एमालेको संसदीय दलको बैठक बालुवाटारमा बसिरहेका बेला सिंहदरवारमा माधव नेपाल पक्षका सांसदहरुको भेला भएर केपी शर्मा ओलीलाई पत्र लेखेको छ । भेलाले दलको बैठकमा भाग लिनका लागि शर्त सहितको पत्र तयार पारेको छ ।


दलको बैठकमा भाग किन नलिने भन्ने पत्र लिएर सांसदहरु यज्ञराज सुनुवार,जीवनराम श्रेष्ठ र सोमप्रसाद पाण्डे बालुवाटार गएका छन् ।
आफूहरु दलको बैठकमा सहभागी हुन्नौं नभनेको तर त्यसका लागि विधान संशोधन लगायतका विषयमा सहमति होस भन्ने चाहेको सुनुवारको भनाई छ ।

३८ सांसदको असहमति लिएर सांसदहरू जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डेलगायतका सांसद बालुवाटार पुगेका हुन् । बैठक विधिसम्वत नभएको, एमालेको नवौँ महाधिवेशनबाट पारित भएको विधानअनुसार सबै कामकारबाही अगाडि बढ्नुपर्ने, संसदीय दलको बैठक पनि सोही विधानले निर्देशित गरेअनुसार हुनुपर्ने, दलको विधानलाई केन्द्रीय कमिटीले अनुमोदन गरेपछि मात्रै संसदीय दलको बोर्ड गठन गर्ने प्रावधान मिचिएकोलगायतका विषयमा असहमति जाहेर गरेर सांसद श्रेष्ठले जानकारी दिए ।

दलको बैठक संसदीय दलको कार्यालय वा संसद भवनमा आयोजना गर्नुपर्ने विषयमा पनि नेपाल–खनाल पक्षले उठाएको छ । अदालतको फैसालपछि ब्यूँतिएको एमालेको निर्वाचित कमिटीको बैठक हुनुपर्ने र केन्द्रदेखि स्थानीय तहसम्मै पुनर्स्थापित अवस्थाबाटै कामकारबाही गर्नुपर्ने गर्ने विषय स्पष्ट रुपमा राखेको उनले बताए ।

 

बैठकमा वामदेव गौतम, तथा विगतमा माधव पक्षमा रहेका कृष्णभक्त पोखरेल लगायत सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्