Logo
Logo

पार्टीका लागि भोकनिद्रा नभनी हिँडेको छु : नेता नेपाल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले पार्टीका लागि आफू भोक–निद्रा ख्याल नगरी संघर्षमा हिँडेको बताएका छन् ।
शबिनार आफू निकट युवाहरूको भेलालाई सम्बोधन गर्दै नेता नेपालले त्याग र बलिदानबाट मात्रै राजनीतिक लक्ष्य पूरा गर्न सकिने बताए । उनले बिहान घरबाटै खाना बोकेर हिँडेको भएपनि व्यस्तताले अहिलेसम्म खान नभ्याएको सुनाए । उनले भने, ‘तर एक दिन भोकै बस्दैमा केही परक पर्दैन ।’
आन्दोलनका क्रममा कैयौँ दिन भोकै हिँडेको स्मरण गर्दै नेता नेपालले भने, ‘तपाइँको युवा जोशभन्दा हाम्रो जोश पनि कम छैन । हामीलाई भोकको चिन्ता, छैन, निद्राको चिन्ता छैन ।’ पार्टीमा तीन वर्षदेखि खिया लागेको भन्दै उनले आफूहरु त्यसलाई सफा गरेर नयाँ चमक दिन लागि परेको बताए ।

प्रतिक्रिया दिनुहोस्