Logo
Logo

पहिला ओलीलाई लघाराैं, पछाडिका स्यालहरूसँग लड्दै गरौंला : बाबुराम भट्टराई


दृष्टि संवाददाता


काठमाडाैं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले सत्ता साझेदारी कोसँग गर्ने भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीलाई कसरी छिटो हटाउने भन्ने रहेको बताएका छन् ।

शनिवार एक ट्वीट गर्दै उनले अहिलेको कोसँग सत्तासमिकरण गर्ने वा कोबाट तत्काल बढी लाभ लिने भन्ने हुँदै नभएको टिप्पणी गरेका छन् ।

‘अहिलेको यक्षप्रश्न कोसँग सत्तासमीकरण गर्ने वा कोबाट तत्काल बढी लाभलिने भन्ने हुँदै हाेइन; अपितु अधूरो संघीय लोकतान्त्रिक गणतन्त्रको गर्धनमाथि झुण्डिएको खड्गप्रसादरूपी घातक खड्गलाई कसरी छिटो हटाउने भन्ने हो! अगाडि आएको बाघलाई पहिले लघारौं;पछाडिका स्यालहरूसँग लड्दै गरौंला! कुनै गल्ती नगरौं!,’ उनले लेखेका छन्।

प्रतिक्रिया दिनुहोस्