Logo
Logo

‘४८ वर्ष पुरानो मायाप्रीति हो, एक रातमा तोडिँदैन’


दृष्टि संवाददाता


 

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओलीसँगको आफ्नो मायाप्रिति ४८ वर्ष पूरानो भएको र त्यो एक रातमै नतोडिने बताएका छन् ।
शनिबार आफू निकट युवा संघ नेपालको भेलालाई सम्बोधन गर्दै नेता नेपालले भने, ‘पार्टीका अध्यक्ष केपी ओलीसँग छुट्टिइहाल्ने पक्षमा म छैन । हामीहरुको मायाप्रीति ४८ वर्ष पुरानो हो, त्यो एक रातमै तोडिदैँन ।’
नेता नेपालले अहिले केपी ओलीविरुद्ध संघर्ष गरिरहेको बताउँदै भने, ‘संघर्ष गर्दैमा केपी ओलीसँग मेरो मायाप्रिती कहाँ एक रातमा टुट्छ र ? हामी एकताको हात बढाउन चाहन्छौँ ।’
उनले आफू अध्यक्ष भएको भए घरमै पुगेर, ढोका खोलेर, बेडरुममै पसेर किन रिसाउनुभो भन्दै गाला मुसारेर फकाउने बताउँदै भने, ‘यो गार्जियनको काम नै हो । तर, उहाँले त्यो गर्नुभएन ।’

प्रतिक्रिया दिनुहोस्