Logo
Logo

माधवका विश्वासपात्र ओलीतिर लागे


दृष्टि संवाददाता


काठमाडौं । एमालेका वरिष्ठ नेता माधवकुमार समूहका सांसद कृष्णभक्त पोखरेल अध्यक्ष केपी शर्मा ओली पक्षमा छन् । एमालेका अध्यक्ष तथा दलका नेता समेत रहेका ओलीले शनिबार बोलाएको बैठकमा सहभागी भएका उनी ओली पक्षमा लागेका हुन् ।
सांसद पोखरेलले अब प्रधानमन्त्री ओलीलाई साथ दिने प्रतिबद्धता जनाउँदै भने, ‘छुट्टै दलको बैठक या संसदीय दलको बैठक बस्नुपर्ने कुरा सकियो । अब मूलधारको एमालेमा लागेँ, गल्ती भए माफी पाउँ ।’ उनले नेता नेपालले पार्टी फुटाउन खोजेको समेत आराेप लगाए ।
‘उहाँले पार्टी फुटाउन खोज्नुभयो’ पोखरेलले भने । ‘समृद्ध नेपाल, सुखी नेपाली’ बनाउने ओलीको अभियानलाई साथ दिने उनको भनाइ छ । पोखरेल नेता नेपालको विशवास पात्र मानिन्थे ।

प्रतिक्रिया दिनुहोस्