Logo
Logo

माधव नेपालसहित पाँच नेतालाई स्पष्टीकरण सोध्ने ओली पक्षको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । एमालेको केपी शर्मा ओली पक्षको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

उनीहरुलाई पार्टी हितविरुद्ध काम गरेको नेतृत्व र पार्टीलाई खुइलाउन र सरकारको बदनाम गराउन गुटगत भेला गरेकोले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

नेपाल तथा झलनाथ खनालले नेतृत्व गर्दै आएको एमालेको यो पक्षले समानान्तर गतिविधि गर्दै आएको थियो । ओलीले यसअघि नै कारबाही गर्ने चेतावनी दिएका थिए ।

अपडेट :

नेकपा एमालेकी युवा नेतृ रामकुमारी झाँक्री भने अन्तिम समयमा जोगिएकी छन् । स्पष्टिकरण सोधिने नेताहरुको सूचीमा उनको नाम भए पनि ओलीले पछि रोकेको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस्