Logo
Logo

ओलीलाई एक दिन पनि सत्ता सम्हाल्न दिनु हुँदैन : वरिष्ठ नेता पौडेल


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई एक दिन पनि सत्ता सम्हाल्न दिन नहुने बताएका छन् ।

शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभालाई सम्बोधन गर्दै ओलीलाई सरकारको नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु भएको पौडेलले टिप्पणी गरे । अरु दललाई अघि सारेर भएपनि वर्तमान प्रधानमन्त्रीलाई पदबाट हटाउनुपर्ने उनले बताए ।

राजनीतिक अन्यौलता भएको भन्दै उनले अन्यौलतालाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई मिलाएर निकास निकाल्नुपर्ने जिकिर गरे । उनले देशलाई ठिक दिशा दिने हैसियत कांग्रेसले राख्नुपर्ने पनि बताए ।

नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने पौडेलको भनाइ थियो । संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्