Logo
Logo

एमाले केन्द्रीय कमिटी महाधिवेशन आयोजक कमिटीमा रुपमान्तरण


दृष्टि संवाददाता


काठमाडौं । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा एमाले केन्द्रीय कमिटी बैठकले केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको छ । हाल एमालेमा २२४ सदस्यीय केन्द्रीय कमिटी रहेको छ ।

शनिबारको निर्णय अनुसार महाधिवेशन आयोजक कमिटीको अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल रहेका छन् । भने अरु सबै सदस्यको जिम्मेवारीमा रहनेछन् ।

आयोजक समितिमा रहेका सदस्यहरुको कार्यविभाजन गर्न संगन विभाग प्रमुख विष्णु पौडेल, नेताहरु टोपबहादुर रायमाझी र शंकर पोखरेल रहेको समिति समेत बनाइएको प्रचार विभाग प्रमुख प्रदीपकुरमा ज्ञवालीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्