Logo
Logo

पैसा छाप्ने नक्कली प्रिन्टरसहित एकजना पक्राउ


दृष्टि संवाददाता

630
Shares

काठमाडौं । नक्कली पैसा छाप्ने मेसिनसहित एक जनालाई इलाका प्रहरी कार्यालय मेलम्चीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा मेलम्ची नगरपालिका–१३ का राजाराम दनुवार रहेको छ ।

इप्रका मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङले नक्कली पैसा छापी कारोवार गरिरहेको भन्ने प्राप्त सूचनाका आधारमा उनलाई शनिबार मेलम्ची नगरपालिका–१२ स्थित बि आर एस मोबाइल हाउसबाट नक्कली नोट, नक्कली नोट छाप्न प्रयोग गर्ने प्रिन्टरसहित पक्राउ गरिएको हो ।

प्रहरी पक्राउ परेका दनुवारबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्