Logo
Logo

‘राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ होसियार !’


दृष्टि संवाददाता

3.5k
Shares

काठमाडौं । पुर्वप्रधानमन्त्री एवंम जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीबाट थप निरंकुश कदम चालिँदै जाने खतरा भएको बताएका छन् ।

आइतबार विहान उनले हिटलरको उदाहरण दिँदै क्रमशः सबैमाथि प्रतिगमनकारी प्रहार हुने भन्दै सतर्क रहनुपर्ने समेत उल्लेख गरे ।

उनले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘हिटलरबारे चर्चित भनाइ छ- ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ। किनकि म यहुदी थिइनँ । अन्त्यमा उनीहरू मविरूद्ध आइलागे,कोही पनि बोलेन। किनकि कोही पनि बाँकी थिएन,’ सामाजिक सञ्जामार्फत आफ्नो धारणा राख्दै डा। भट्टराईले सचेत गराएका छन्, ‘नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ । होसियार !’

 

यो पनि पढ्नुस्

एमालेमा अध्यक्षलाई एकाधिकार

पार्टी कब्जा गर्ने रणनीतिमा ओली

दरार मेटाउने प्रयासमा प्रचण्ड-बाबुराम

‘राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ होसियार !’

प्रतिक्रिया दिनुहोस्