Logo
Logo

‘एमाले र माओवादी केन्द्रको शब्दकोषबाटै नैतिकता हराएको छ’


दृष्टि संवाददाता

378
Shares

काठमाडौं । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले सत्तारुढ नेकपा एमाले र सत्ता साझेदार माओवादी केन्द्रको शब्दकोषबाट नैतिकता शब्द हराएको बताएका छन् ।
आइतबार चाक्सीबारीस्थित आफ्नो निवासमा आयोजित कार्यक्रममा उनले एमाले र माओवादीको शब्दकोषबाटै नैतिकता शब्द हराएको बताएका हुन् ।
उनले भने, ‘जनतासँग जुन म्यान्डेट लिएर आएका थिए, त्यो म्यान्डेट पूरा गर्न नसकेपछि अब अलिकति नैतिकता देखाइदिएर राजनीतिप्रतिको विश्वास बढाउलान् कि भनेको त, झनै आदर्शका कुरा गरेर सत्तामा टाँसिरहेका छन् ।’ नेता सिंहले काँग्रेस एक्लैको प्रयासले नैतिकताहीन सरकारको विकल्प दिन नसकिने स्पष्ट पार्दै केपी ओली नेतृत्वको सरकार हटाउने कुरा सोचेजस्तो सहज नभएको बताए ।
उनले ओली सरकारको बहिर्गमनको लागि एकातिर माओवादीले समर्थन फिर्ता लिन अलमल गरिरहेको बताउँदै भने, ‘काँग्रेसले केही गर्ने भन्नुभन्दा जसपा र माओवादीले पहिले सरकारका बारेमा स्पष्ट हुन जरुरी छ ।’
कार्यक्रममा नेता सिंहले विश्वकर्मा समाजका राष्ट्रिय अध्यक्ष गोपालप्रसाद विश्वकर्मासहित डेढ दर्जन अगुवाहरुलाई काँग्रेसमा प्रवेश गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्