Logo
Logo

सरकारले दिएको १० लाख नवीन्द्रराज जोशी परिवारद्वारा लिन अस्वीकार


दृष्टि संवाददाता


 

काठमाडौं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रूपैयाँ दिने घोषणा गरेपनि उक्त रकम अस्वीकार गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले मस्तिष्कघातपछि उपचाररत जोशीलाई सरकारका तर्फबाट १० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो । शुक्रबार उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको स्वास्थ्य अवस्थाबारे बुझ्न नर्भिक अस्पताल पुगेका थिए । उनले सरकारले उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको बताएका थिए ।
जोशीका स्वकीय सचिव पुष्कर पाण्डेले सरकारले दिने भनेको रकम जोशी परिवारले लिन अस्वीकार गरेको बताएका छन् । उनले उपचारका लागि १० लाख दिने निर्णय भएको भनेर प्रधानमन्त्री कार्यालयबाट फोन आएको र उनको परिवारले उक्त सहयोग रकम अस्वीकार गर्ने बताए ।
जोशीले वीर अस्पतालदेखि विभिन्न ठाउँमा लाखौँको अक्षयकोष यसअघि नै स्थापना गरेकाले सरकारले दिने भनेको रकमले औषधि पनि किन्न नपुग्ने भन्दै अस्वीकार गरेको हो । फागुन १४ मा मस्तिष्कघात भएपछि जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्