Logo
Logo

इन्सपेक्टर र सइलाई भ्रष्टाचार मुद्दा


दृष्टि संवाददाता


काठमाडौं, ८ चैत ।
सशस्त्र प्रहरी बल वेश क्याम्प, गैडहवा रुपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने भनी अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिई गएको टोलीले उनीहरुलाई ५० हजार घुसससहित पक्राउ गरेको थियो ।


अनुसन्धानको सिलसिलामा सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा वेस क्याम्प, गैडहवा रुपन्देहीमा कार्यालय प्रमुखको रुपमा कार्यरत सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सोही कार्यालयमा कार्यरत सशस्त्र प्रहरी नायब निरीक्षक राजेश पासीले सेवाग्राहीको फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिने प्रयोजनार्थ ५० हजार घुस÷रिसवत माग गरी लिएको पुष्टि हुन आएकोले निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसुर भएको हुँदा निज दधिराम पौडेल र राजेश पासीलाई जनही बिगो रु. ५०,०००।– (पचास हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को देहाय (ख) अनुसार सजाय हुन मागदाबी लिई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ को उपदफा १ बमोजिम आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्