Logo
Logo

केपी ओलीले पार्टी मनोमानी ढंगले चलाएको झलनाथ खनालको आरोप


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरि ढंगले चलाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा नेता खनालले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरि ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाएका हुन् ।

बिभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र बिधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने उनको तर्क थियो । ओलीले मन्त्रीपरिषद् समेत एकलौटी ढंगले विस्तार गरेको गुटलाई प्रश्रय दिएको आरोप लगाए ।

खनालले ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप समेत लगाउनुभयो । उनले संसद बिघटन गर्ने असंवैधानिक कदमका कारण मुलुक अस्थीरताको भूमरिमा फसेको तर्क समेत गरे ।

प्रतिक्रिया दिनुहोस्