Logo
Logo

काठमाडौंका खतरनाक दुई युवती पक्राउ


दृष्टि संवाददाता


काठमाडौं, ८ चैत ।
गेष्ट हाउसमा बोलाएर गोप्य भिडियो खिचेर ब्लाकमेलिङ गर्ने दुई युवती पक्राउ परेका छन् । जाजरकोट भेरी नगरपालिकाकी संगिता साह र सिन्धुपाल्चोक साँगाचोकगढीकी सुस्मिता गिरीलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


उनीहरुले दुई युवकलाई चावहिल स्थित गेष्ट हाउसमा भेट्न बोलाई कोठामा संगैबसी, संगै बसेको भिडियो गोप्यरूपमा साथीलाई रेकर्ड गर्न लगाई सोही भिडियो म्यासेन्जर मार्फत पिडितलाई पठाएर ब्ल्याकमेलिङ गरी पटक–पटक गरी नगद रू.८ लाख र शंकर खनालको नाममा रू.५ लाखको चेक काट्न लगाएका थिए । खनाललाई पनि महाशाखाले पक्राउ गरेको छ । उनीहरुको धन्दा नै यस्तै ब्लाकमेलिङ भएको खुलेको छ ।
गत साता मात्र महाशाखाले यस्तै गतिविधिमा संलग्न दुई युवतीलाई पक्राउ गरेको थियो । बलात्कार मुद्दामा उजुरी दिन्छु भनेर समेत यसरी हनी ट्रयापमा फसाउने काम हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्