Logo
Logo

देउवाले बाेलाए कांग्रेस पदाधिकारी बैठक


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सोमबार दुई बजे बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छुट्टै भेला राखेर दबाब बढाएपछि देउवाले पदाधिकारी बैठक बोलाएका हुन् । पौडेल निवास बोहराटारमा उनीनिकट नेताहरूको छलफल भइरहेको छ ।

पौडेल पक्षको बैठकमा पछिल्लो राजनीतिक परिवेशमा कांग्रेसले निर्वाह गर्नुपर्ने भूमिकाबारे छलफल भएको थियो । वरिष्ठ नेता पौडेलले कांग्रेस अनिर्णित भएका कारण सरकारको स्वेच्छाचारिता बढ्दै जाने खतरा रहेको बताएका थिए ।

बोहराटार बैठकमा पार्टीको महाधिवेशन कार्यतालिका पूर्ण कार्यान्वयन, क्रियाशील सदस्यता र समायोजन विवाद लगायतका विषयमा पनि छलफल भएको बताइएको छ ।

साेमरबारकाे बैठकमा सरकार, पार्टीका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्