Logo
Logo

नेपाल प्रहरीमा एकैपटक एक सय ४९ इन्सपेक्टर भर्ना (सूचीसहित)


दृष्टि संवाददाता


काठमाडौं, ८ चैत ।
नेपाल प्रहरीको इन्सपेक्टर भर्नाको अन्तिम नतिजा प्रकाशन भएको छ । आइतबार एक सय ४९ जनाको नाम प्रहरी प्रधान कार्यालयले प्रकाशन गरेको छ ।

२०७६ को माघ १ गते प्रकाशित विज्ञापनको अन्तिम नतिजा प्रकाशन भएको हो । कोरोना महामारीका कारण ११ महिनापछि मात्र नजिता प्रकाशन भएको हो ।

यसरी एकैपटक ठूलो संख्यामा भर्ना हुँदा उनीहरुको वृत्ति विकास भने अस्तव्यस्त हुने गरेको छ । एक ब्याच डिएसपी हुन ३/४ पटकको लटमा बढुवा हुन्छ । जसकारण अस्वस्थ्य प्रतिस्पर्धा हुने गरेको छ । करिअर प्लानिङ बीना नै भर्ना गर्दा संगठनमा समस्या हुने गरेको छ ।
यो वर्ष इन्सपेक्टर भर्नाको बिज्ञापन नै प्रकाशित भएको छैन । रिक्तमध्ये कम्तीमा ५० प्रतिशत पदमा सइको बढुवा गर्नुपर्ने प्रहरी प्रधान कार्यालयको प्रस्ताव छ ।

प्रतिक्रिया दिनुहोस्