Logo
Logo

काँग्रेसले बोलायो पदाधिकारी बैठक


दृष्टि संवाददाता


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पार्टी पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । सोमबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

उनको अनुसार वर्तमान राजनीतिक परिस्थितिबारे छलफलका लागि बैठक बोलाइएको हो । आज मात्र (आइतबार) वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नै निवास बोहराटारमा आफूनिकट नेताहरूसँग छलफल गरेका थिए ।

पौडेल पक्षले सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने विषयमा अन्य दलसँग परामर्श गर्नुपर्ने जोड दिएको छ । तर, सभापति शेरबहादुर देउवा भने वैकल्पिक सरकार गठनका लागि परिस्थिति परिपक्व नबनेको भन्दै हतार गर्न नहुने पक्षमा छन् । यस विषयमा शीर्षस्थ नेताबीच छलफल गरेर केन्द्रीय समिति बैठक बोलाउने देउवाको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्