Logo
Logo

सत्ता समीकरणबारे छलफल गर्न कांग्रेस पदाधिकारी बैठक बोलाइयो


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाइएको छ । सभापति शेरबहादुर देउवाले नयाँ सत्ता समीकरण र आगामी रणनीतिबारे छलफल गर्न पदाधिकारी बैठक बोलाएका हुन् ।

हिजोमात्र वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकटका नेताहरुसँग आफ्नै निवासमा छलफल गरेपछि सभापति देउवाले बैठक बोलाएका हुन् । पौडेल समूहले मुलुकलाई अनिर्णयकोबन्दीमा राख्न नमिल्ने बताउँदै एउटा निकास दिनुपर्ने निष्कर्ष निकालेको थियो ।

पदाधिकारी बैठकमा पनि पौडेल समूह यही अनुसार प्रस्तुत हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीकै निरन्तरताभन्दा पनि पौडेल समूह देउवालाई नै प्रधानमन्त्री बनाएर भएपनि निकास दिनुपर्ने पक्षमा उभिएको छ ।

यसअघि पौडेल समूहले सरकारमा जान नहुने दाबी गर्दै आएको थियो । तर, पछिल्लो समय कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्ने र प्रधानमन्त्री देउवा नै भएपनि फरक नपर्ने यो समूहको प्रस्ताव रहेको छ ।

आज २ बजे बोलाइएको बैठकमा सरकारको नेतृत्वका लागि माओवादी केन्द्र तथा जनता समाजवादी पार्टी (जसपा) सँग कांग्रेसले छलफल अगाडि बढाउनुपर्ने विषयले प्रवेश पाउँने भएको छ ।

प्रतिक्रिया दिनुहोस्