Logo
Logo

राष्ट्रपति भण्डारी ढाकामा, बंगलादेशी समकक्षी हमिदद्धारा विमानस्थलमा स्वागत


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी दुईदिने बंगलादेश भ्रमणको सिलसिलामा ढाका पुगेका छन् । बंगलादेश स्वतन्त्र भएको ५० वर्ष तथा राष्ट्रपति शेख मुजिबुर रहमानको शतबार्षिकीको अवसरमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन राष्ट्रपति त्यहाँ पुगेका हुन् ।

बंगलादेशी राष्ट्रपति अब्दुल हमिदले भण्डारीलाई हजरत शाहजालाल विमानस्थलमा स्वागत गरेका थिए । भण्डारीलाई विमानस्थलमा बंगलादेशी स्थल, जल र वायु सेनाले २१ तोपको सलामी दिएको छ ।

आजको कार्यक्रम
राष्ट्रपति भण्डारी आजै ढाकाको सावर पुगेर बंगालदेशी स्वतन्त्रता आन्दोलनका शहिदको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम छ । भण्डारीले सावरमा वृक्षारोपण गर्ने र आगन्तुक पुस्तिकमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

आजै राष्ट्रपति भण्डारी आफ्नो सम्मानमा प्रधानमन्त्री शेख हसिनाले आयोजना गर्ने ‘नेसनल परेड स्क्वायर’मा उपस्थित हुने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपति बंगबन्धुको शतवार्षिकामा पनि भण्डारीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्