Logo
Logo

उपत्यकाका वृत्तमा डिएसपी हेरफेरको तयारी


दृष्टि संवाददाता


काठमाडौं, ९ चैत ।
प्रहरी प्रधान कार्यालयले उपत्यकाका वृत्तका डिएसपीहरुको जिम्मेवारी हेरफेर गर्न लागेको छ । एक वर्ष पुगेका र पुग्न लागेका डिएसपीको सरुवा गर्न लागिएको हो ।


उपत्यकाका वृत्तमध्ये बौद्ध वृत्तका डिएसपी नवीन कार्कीको एक वर्ष पुगेको थियो । त्यस्तै दरबारमार्ग वृत्तका हरि बहादुर बस्नेतको पनि एक वर्ष लगभग पुगेको छ ।
वृत्तका अन्य डिएसपीहरुको १० महिना पुगेको छ । सोह्रखुट्टे वृत्तका दीपक खड्काको ११ महिना पुग्न लागेको छ । एक समूह उनलाई हटाउन लागिपरेको छ । त्यस्तै, महराजगञ्जका रोशन खड्का तथा बानेश्वरका दक्ष बस्नेत, गौशालाका जितेन्द्र बस्नेतको पनि करिब १० महिना पुगेको छ । गौशला वृत्तका डिएसपी बस्नेत कमाण्डमा कमजोर भएकाले पटक पटक हाकिमको गाली खाने गरेका छन् । वृत्तमा सरुवाका लागि डिएसपीहरुको दौडधुप सुरु भइसकेको स्रोत बताउँछ ।

उता घुस लिएको प्रमाणित हुँदा पनि जगाती वृत्तका डिएसपी राजेश थापालाई हटाइएको छैन । सवारी ज्यान मुद्दामा उनले एक युवकलाई धम्काएर साढे दुई लाख घुस लिएको पुष्टि भएको थियो । सिपाहीहरु १÷२ हजार घुस खाँदा जागिर जानेमा उनलाई भने सामान्य कारबाही गरेर वृत्तमै राखिएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको गाउँमा प्रहरीमा यस्तो भ्रष्टाचार हुँदा पनि कारबाही नुहनुलाई धेरैले अनौठो मानेका छन् । महानिरीक्षक क्षेत्रीको घर भक्तपुरको कटुञ्जे हो । जून सोही वृत्त मातहत पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्