Logo
Logo

माओवादी स्थायी समितिमा सरकारलाई दिएको समर्थनबारे छलफल हुने


दृष्टि संवाददाता


काठमाडाैं । नेकपा माओवादी केन्द्रले स्थायी समितिको बैठक बोलाएको छ । मंगलबार बिहान आठ बजे बस्ने गरी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो ।

मंगलबार बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता, नयाँ सरकार गठनका सन्दर्भमा गठबन्धनको विषयमा समेत छलफल हुने बुझिएको छ ।

यस्तै, सर्वोच्च अदालतको फैसलापछि माओवादी केन्द्रको पछिल्लो समय बसेको स्थायी कमिटीको बैठकले गरेका निर्णय र त्यसका कार्यान्वयनका विषयमा समेत छलफल हुने बुझिएको छ ।

यस्तै, माओवादीबाट चुनाव जित्दै मन्त्री बनेर अहिले एमालेमा प्रवेश गरेका सांसदलाई स्पष्टीकरण सोधिएपछि बाँकी प्रक्रिया के कसरी अघि बढाउने भन्ने विषयमा समेत मंगलबार बस्ने बैठकले निर्णय गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्