Logo
Logo

जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार छाैँ : शेरबहादुर तामाङ


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले) का सांसद शेरबहादुर तामाङले आफूहरु जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार रहेको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीले आफूहरूलाई दिएको समर्थन फिर्ता लिएपनि प्रतिपक्षिमा बस्न र सरकार सञ्चालनको आगामी बाटो तय गर्न तयार अवस्थामा रहेको बताए ।

कतिपयले मुलुकमा फेरि अस्थिरता भयो भनेर टिकाटिप्पणी गरिरहेकोप्रति अहसहमति राख्दै उनले सरकारका कारण मुलुममा अस्थीरता पैदा नभएको बताए । तामाङले नेकपा (माओवादी केन्द्र) मा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने वा नलिने भन्नेमा दुई धार रहेको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्