Logo
Logo

आफ्नो कामप्रति इमान्दार हुन बालबालिकालाई प्रधानमन्त्रीकाे सुझाव


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालबालिकालाई पुर्खाद्वारा आर्जित ज्ञान, सीप र स्रोत नयाँ उचाइमा लैजाने गरी काम गर्न अभिप्रेरित गरेका छन् ।

बालबालिकासम्बन्धी १० वर्षे रणनीतिले सम्बोधन गर्नुपर्ने समस्या र आफ्ना सुझाव दिनका लागि देशका विभिन्न भागबाट प्रधानमन्त्री निवास बालुवाटारमा आएका बालबालिकालाई सम्बोधन गर्दै उहाँले बालबालिकालाई पुर्खाको योगदान सम्झन, त्यसबारे बुझ्न र आफूले पनि त्यसमा थप योगदान गर्न तत्पर रहनुपर्ने बताए ।

‘तपाईंहरुले सिर्जनात्मक बन्दै नयाँ रकर्ड बनाउनुपर्छ’, प्रधानमन्त्री ओलीले भने । उनले बालबालिकालाई आफ्नो कामप्रति इमान्दार रहन सम्झाउँदै पढाइ वा खेल जुनसुकै क्षेत्रमा पनि इमान्दार ढङ्गले सहभागी हुन सुझाव दिए । उनले नेपालका बालबालिका ज्ञानमा निपुण तथा आविष्कारक पूर्वजको सन्तति भएको उल्लेख गर्दै मिहिनेत गरेमा जुनसुकै काम गर्न पनि बालबालिका सक्षम हुने बताए ।

पूर्वजले ज्ञानविज्ञानका धेरै कुरा आविष्कार गरेर अहिलेका मानिसलाई सजिलो पारिदिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, ‘त्यस्ता ज्ञानी पुर्खाको सन्तान हामीले मिहिनेत गरेर प्रगति गर्नुपर्छ ।’

बालबालिकाको क्षेत्रमा काम गर्ने संस्थाको समूह कन्र्सोटियम नेपालद्वारा आयोजित सो कार्यक्रममा बालबालिकाले परिवार र समाजमा बालमैत्री वातावरण बन्नुपर्ने, विद्यालय व्यवस्थापन समितिसहित स्थानीय तहका बालबालिकासम्बन्धी संरचनाहरुमा बालक्लबहरुका बालबालिकाको अनिवार्य र अर्थपूर्ण प्रतिनिधित्व गराउनुपर्ने र बालमैत्री स्थानीय शासनलाई सबै स्थानीय सरकारहरुले लागू गर्नुपर्ने सुझाव दिएका थिए ।

स्थानीय निकाय बालमैत्री बनाउन घोषणा हुनु आवश्यक रहेको सुझाव उनीहरुको छ । बालमैत्री स्थानीय शासनसम्बन्धी परिमार्जित राष्ट्रिय रणनीति मन्त्रिपरिषद्बाट पारित हुनुपर्ने माग गर्दै स्थानीय तहले बाल सहभागिता प्रवद्र्धन, बालबालिकाको समान विकासका लागि समावेशी सहभागिता सुनिश्चित गर्न बजेट छुट्याउनु पर्ने सुझावको प्रधानमन्त्रीको सचिवालयबाट जानकारी दिइएको छ ।

विद्यालयमा कम बोल्ने बालबालिकाको सहभागितालाई प्राथमिकता दिनुपर्ने र स्थानीय तहमा बाल भेला नियमित र प्रभावकारीरुपमा कार्यान्वयन गराउन माग गरियो । सबै बालबालिकालाई सन्तुलित र पौष्टिक आहारको सुनिश्चितता गर्न तथा परिवार र विद्यालयमा तयारी खाना ९जङ्कफुड०को प्रयोगलाई पूर्ण निषेध गर्ने व्यवस्था मिलाउन पनि बालबालिकाबाट सुझाव आएको थियो ।

प्रतिक्रिया दिनुहोस्