Logo
Logo

१ लाख ८० हजार नयाँ क्रियाशिल सदस्यता वितरण गर्ने कांग्रेसको निर्णय


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशन केन्द्रीय क्रियाशिल सदस्यता वितरण र नविकरण सुस्त भएको भन्दै यसलाई द्रुत गतिमा अघि बढाउने भएको छ ।

पार्टी कार्यालय सानेपमा बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारी बैठकले वडादेखि केन्द्रसम्म पार्टीलाई बलियो बनाउन क्रियाशिल सदस्यको भूमिका हुने भएकाले क्रियाशिल सदस्यता वितरण र नविकरणलाई द्रुत गतिमा अघि बढाउने निर्णय गरेको हो ।

बैठकमा केन्द्रीय क्रियाशिल सदस्यता छानविन समितिले सोमबारसम्मको रिपोर्ट प्रस्तु गरेको थियो, जसअनुसार हालसम्म २ लाख १२ हजार ५१९ नविकरण र १ लाख ८० हजार २७५ नयाँ क्रियाशिल सदस्यता वितरण गरिएको जानकारी गराइएको नेता रमेश लेखकले बताए ।

झण्डै ५ लाख क्रियाशिल सदस्यलाई दोव्वर बनाउने पार्टीको लक्ष्य भएपनि क्रियाशिल सदस्यता वितरण र नविकरण सुस्त देखिएको उनले बताए । उनले क्रियाशिल सदस्यताको रिपोर्ट बुझाउने मंगलबार अन्तिम दिए भएकाले मंगलबारसम्म उक्त संख्या बढ्न सक्ने जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्