Logo
Logo

नेकपा खारेजविरुद्ध माओवादी पुनरावलोकनमा जाने


दृष्टि संवाददाता


काठमाडौं । नेकपा खारेज गर्ने सर्वोच्चको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्र पुनरावलोकनमा जाने भएको छ । सर्वोच्चले नेकपा खारेज गर्नु राजनीतिक प्रकृतिको फैसला रहेको निष्कर्षमा पुगेको माओवादी पुरावलोकनमा जाने भएको हो । कानुन व्यवसायीहरुको सुझाव अनुसार माओवादी केन्द्र सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जाने निष्कर्षमा पुगेको छ ।

मंगलबा स्थायी समिति बैठक अगाडि माओवादीले कानुन व्यवसायीहरू शम्भु थापा, रामनारायण बिडारी, चण्डेश्वर श्रेष्ठ, मुक्ति प्रधान लगायतसँग सर्वोच्चको फैसला र पुनरावलोकनबारे छलफल गरेको थियो । कानुन व्यवसायीहरुले पनि नेकपा खारेज गरेर नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँताउने सर्वोच्चको फैसला राजनीतिक प्रकृतिको रहेकाले पुनरावलोकनमा जान सुझाव दिएका छन् ।

गत फागुन २३ गते सर्वोच्चले नकपा खारेज गरेको थियो । फैसला आएको ६० दिनभित्र पुनरावलोकनमा जानुपर्ने कानुनी व्यवस्था छ । आजको स्थायी समिति बैठकले यसबारे थप निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्