Logo
Logo

जसपा नेता बालुवाटारमा, आजको छलफल निर्णायक


दृष्टि संवाददाता


काठमाडौं । सत्ता साझेदारीबारे नेकपा एमाले ओली समूह र जनता समाजवादी पार्टी (जसपा) निर्णायक वार्तामा जुटेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्णायक वार्ता गर्न जसपाका नेताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । महन्थ ठाकुरको नेतृत्वमा सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्ण लगायतका नेता बालुवाटार पुगेका हुन् ।

नयाँ सरकार गठनका लागि निर्णायक भूमिकामा रहेको जसपाले पनि आफू अनुकुल सरकारमा सहभागीताका लागि एमाले ओली समूह र अन्य राजनीतिक दलसँग बारम्बार छलफल गरिरहेको छ ।

आजको बैठकले ओलीसँग सहकार्य गर्ने या नगर्ने भन्नेबारे आधारभूत रुपमा बाटो तय गर्ने जसपाका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्