Logo
Logo

‘कथित स्पष्टीकरणको कुनै अर्थ छैन’


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ओली समूहले सोधेको स्पष्टीकरणलाई ‘कथित स्पष्टीकरण’को संज्ञा दिएका छन् ।

एमाले माधव–झलनाथ समूह समर्थित विद्यार्थी संगठन अखिलको भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले कथित स्पष्टीकरणको अर्थ नरहेको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले भने– ‘गुट भेला आयोजना गरेर केपी ओलीले सोधेको ‘कथित स्पष्टीकरण’को कुनै अर्थ छैन । केपी ओलीसँग स्पष्टीकरण सोध्ने हैसियत छैन् । यस्ता अथित स्पष्टीकरणले केही फरक पर्दैन ।’

कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले आफूहरुले कुनै पनि हालतमा पार्टी नफुटाउने बताएका छन् । पार्टी फुटाउन अध्यक्ष ओली उद्दत रहेको भन्दै उनले भने– ‘हामी कुनै पनि हालतमा पार्टीलाई फुट्न दिदैंनौ । पार्टी फुटबाट जोगाउन हामीले राष्ट्रिय भेला गरेका छौं । तर, केपी ओली पार्टी फुटाउन लागेका छन् । पार्टी फुटाए ओलीले फुटाउँछ । ओलीको कदम पार्टी फुटाउनेतर्फ उद्दत छ ।

केपी ओलीको कदम कम्युनिष्ट आन्दोलन विघटन उन्मुख रहेको समेत नेता नेपालले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्