Logo
Logo

विधान मिच्ने केपी ओलीलाई स्पष्टीकरण सोध्नुपर्छः भीम रावल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले पार्टीको विधान उल्लंघन गरेका कारण अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्नुपर्ने बताएका छन् ।

माधव–झलनाथ सम्वद्ध विद्यार्थी संगठन अखिलको भेलालाई सम्बोधन गर्दै स्पष्टीकरण आफूहरुले होइन, पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताएका हुन् । उपाध्यक्ष रावलले भने– ‘नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ? विधान विपरित गतिविधि गर्ने अध्यक्षलाई किन स्पष्टीकरण नसोध्ने ? पार्टीले अध्यक्षलाई स्पष्टीकरण सोध्ने छ ।’

अध्यक्ष ओलीले पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गरेको, महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गरेको र पार्टीमा सल्लाह नै नगरी राष्ट्रिय महाधिवेशन आयोजक समिति गठन गरेको आरोपमा अध्यक्षलाई स्पष्टीकरण सोध्नुपर्ने उपाध्यक्ष रावलको भनाइ तर्क रहेको छ ।

प्रतिक्रिया दिनुहोस्