Logo
Logo

‘घुस दिएर नेपाल विकसित राष्ट्रमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन ?’


दृष्टि संवाददाता


काठमाडौं । जुम्लाका सांसद गजेन्द्रबहादुर महतले सरकारले घुस दिएर नेपाल विकासशील मुलुकमा प्रवेश गरेको प्रमाणपत्र ल्याउन लागेको त हैन भन्दै व्यङ्ग्य गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद महतले कर्णालीका जनताले अहिलेसम्म बिजुली बाल्न नपाएको बेला कसले नेपाललाई विकसित राष्ट्रमा प्रवेश गर्न लागेको प्रमाणपत्र दिन लाग्यो भन्दै प्रश्न गरे ।

सरकारका मन्त्रीले नेपाल अल्पविकसित राष्ट्रबाट विकसित राष्ट्रको सूचीमा गएको प्रमाणपत्र आउन लागेको बताएको भन्दै सांसद महतले कर्णालीका जनताले अहिले पनि बत्ति नपाएर अँध्यारोमै बसेको बताए ।

‘सांसदका हत्यारा अझ भनौं खानेपानी मन्त्रीका भाषामा श्री ५ को सरकारका मन्त्रीले हाम्रो देश अल्पविकसितबाट विकसित देशमा पुगेको प्रमाणपत्र आउँदै छ भन्नु भयो’, महतले भने ‘मैले कर्णालीको नक्शा यहाँ ल्याएको छु। यो नेपालभित्र पर्छ र यहाँका मानिसले बत्ती पाएका छैनन् अध्याँरोमै छन्।’

‘श्री ५ को सरकार’का प्रतिनिधिले प्रमाणपत्र आउँदैछ भनेको र यो कसले आँखा चिम्लेर दिन लागेको भनि उनले व्यंग्य गरे । जुम्ली जनताले यो जान्न चाहेकोले आफूले प्रश्न उठाएको उनले बताए ।

‘यो घुस दिएर ल्याएको प्रमाणपत्र त हैन भनि कर्णालीका जनताले प्रश्न उठाएका छन्’ महतले भने ‘कर्णाली नेपालभित्रै पर्छ र यहाँका मानिसले बत्ती कहिले पाउँछन्?’

प्रतिक्रिया दिनुहोस्