Logo
Logo

नेकपा फुटाएका ओली अब एमाले फुटाउन लागेका छन् : भीम रावल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटाउन सफल केपी शर्मा ओलीले नेकपा एमाले पनि फुटाउन लागिपरेको आरोप लगाएका छन् ।

मंगलबार (आज) माधव कुमार नेपाल समूहसम्बद्ध विद्यार्थीहरुको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै रावलले नेकपा फुटाएका ओलीले अहिले आएर एमाले फुटाउन खोजिरहेको आरोप लगाएका हुन् ।

त्यस्तै ओलीले पार्टीको विधान विपरीत गुटका मान्छे बोलाएर केन्द्रीय कमिटी विस्तार गरेको र बालुवाटारमा गुटको बैठक राखेर पार्टी विभाजनको रेखा कोरेको रावलको आरोप छ ।

त्यस्तै, उनले पार्टी विधानको निरन्तर उल्लंघन गरेकाले आफूहरुलाई स्पष्टीकरण सोध्नु लाजमर्दो भएको पनि बताए । साथै, स्पष्टीकरण आफूहरुले नभई पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने उनको जिकिर छ ।

उनले नवौं महाधिवेशनको निर्णयबाट बनेको विधानका धाराहरु कुल्चिएर विधान संशोधन गर्ने अधिकार कहाँबाट आयो ? भनेर प्रश्नसमेत गरे ।

त्यस्तै, उनले पार्टी सदस्य नै नभएकाहरुलाई केन्द्रीय सदस्य मनोनयन गर्ने तथा महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई पदमुक्त गर्ने अध्यक्ष ओलीको निर्णय विधान विपरीत भएको बताए ।

प्रतिक्रिया दिनुहोस्