Logo
Logo

एमालेको केन्द्रीय कार्यालय थापाथली सर्ने


दृष्टि संवाददाता


काठमाडौं, १० चैत ।
नेकपा (एमाले)को केन्द्रीय कार्यालय थापाथली सर्ने भएको छ। थापाथली हाइटस्थित उमंगमार्गमा नेपाल हस्तकला उद्योग महासंघको कार्यालय अगाडिको भवनमा एमालेको कार्यालय सार्न बुधबार सम्झौता गर्न लागिएको छ ।

प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका विवादास्पद व्यापारी मोतिलाल दुगडले सो कार्यालय भवन खोजेका हुन् । पहिला सो कार्यालयमा राष्ट्रसंघीय कार्यालय बसेको थियो । हाल एमालेको केन्द्रीय कार्यालय धुम्बाराहीको पार्टी कार्यालय रहेको भवन पासाङ ल्हामु स्मृति प्रतिष्ठानको भवनमा छ ।
गत शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको केन्द्रीय कमिटीको बैठकले आगामी वैशाख ९ गते पुरानो कार्यालय भवन रहेको बल्खुमै नयाँ भवन शिलान्यास गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्