Logo
Logo

पहाडी भूभागमा मेघ गर्जन सहित वर्षाको सम्भावना


दृष्टि संवाददाता


काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण केही दिन अझै मौसम बदली हुनेछ । मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केहीस्थान र बाँकी प्रदेशका पहाडी भूभागमा मेघ गर्जन सहित वर्षा हुने अनुमान गरेको छ ।

केहीस्थानमा चट्याङ पनि पर्ने अनुमान छ । भोलि र पर्सि पहाडी भागका केही ठाउँमा मेघ गर्जन र चट्याङ सहित वर्षा हुने महाशाखाको भनाइ छ । आज देशका केही भूभागमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले सचेतसमेत गराएको छ ।

प्रतिक्रिया दिनुहोस्