Logo
Logo

स्पष्टिकरणको जवाफसहित ओलीलाई प्रश्न सोध्ने तयारी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले आज स्पष्टिकरणको जवाफ दिँदैछ । एमाले आध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीविपरित गतिविधि गरेको भन्दै तीनभित्र जवाफ दिन माधव नेपालसहित चार जना नेतालाई स्पष्टिकरण पत्र पठाएको थियो । उक्त पत्रको समयसीमाभित्रै जवाफ दिने भएको हो ।
माधव नेपाल पक्षका एक नेताका अनुसार स्पष्टीकरणको जवाफसहित ओलीलाई समेत प्रश्न सोधेर जवाफ दिने तयारी भइरहेको छ । स्पष्टीकरणको जवाफ तयार भइरहेको र समयभित्रै जवाफसहित अध्यक्ष ओलीलाई प्रश्न गरिने उनले बताए ।


एमाले महासचिव ईश्वर पोखरेलले गत सोमबार बरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई छुट्टाछुट्टै स्पष्टीकरण पत्र थमाएका थिए ।
स्पष्टीकरण पत्रमा नेताहरुले पार्टीभित्र गुटबन्दी गरेको र अनुशासन उल्लंघन गरेकाले कारवाही किन नगर्ने ? भन्दै तीन दिनभित्र स्पष्टीकरण बुझाउन भनिएको थियो ।
गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई मान्यता नदिई एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काइ दिएपछि अध्यक्ष ओलीले विधानविपरीत एकपक्षीय निर्णय गरेको भन्दै माधव पक्षले असन्तुष्टि जनाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्