Logo
Logo

‘अधिकारसँगै कर्तव्य पालना गर्नुपर्छ’


दृष्टि संवाददाता


पाल्पा । लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले हकअधिकारको खोजी गर्दा नागरिकले आफ्नो कर्तव्यलाई पनि सँगसँगै पालना गर्नुपर्ने बताएका छन् ।

रिब्दीकोट गाउँपालिका ४, भैरवमन्दिर चैत १० गतेदेखि १७ गतेसम्म हुने सप्ताहव्यापी विविध, साँस्कृतिक महोसत्वको समुद्घाटन समारोहमा लुम्विनी प्रदेशका प्रमुख यादवले हाम्रो संविधानमा हकअधिकारसँगै कर्तव्यको उल्लेख गरेकोले नागरिकले इमान्दारिकता साथ कर्तव्य पालना गर्नुपर्ने बताए ।


उनले देशमा संघीयता आएपछि नगरपालिका र गाउँपालिका फरक र बृहत जिम्मेवारीका साथ स्थापना हुन पुगेको बताए । संविधानले प्रत्येक व्यक्ति, समुदायलाई साँस्कृतिक जीवनमा सहभागीता हुन पाउने हकको व्यवस्था गरेको भन्दै समुदायलाई आफ्नो भाषा, लिपी, संस्कृति र सम्पदाको संरक्षणको हकलाई मौलिक हकका रुपमा व्यवसाथ गरेको प्रदेश प्रमुख यादवले बताए ।

उनले समुदायका त्यस्ता सस्कृतिलाई व्यवहारिक रुपमा अभ्यास गर्ने स्थानीय सरकारले नजिकबाट नै सहयोग गरेको समेत बताए । पुरानो पुस्ताले नयाँ पुस्तालाई संस्कृति संरक्षण गर्न सिकाउन सकेको अवस्थामा नेपाली मौलिक कला संस्कृति लोप नहुने बताए ।
ऐतिहासिक महत्व बोकेको भैरवस्थानको सामाजिक, साँस्कृतिक तथा धार्मिक महत्वलाई संरक्षण र सचेतना फैलाउन आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा गाउँपालिका नारायण बहादुर जिसीले रिब्दीकोट गाउँपालिकाको विशेष पर्वका रुपमा फागुनाच रहेको बताए । उनले फागु नाचसँगै भैरवस्थानको लाखे नाचको पनि महत्व जिल्ला स्तरमा रहेको बताए ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष तथा महोत्सव मुलसमिति संयोजक लक्ष्मी खनालले स्थानीय सरकारको पहलमा साँस्कृतिक महत्व बोकेको फागु पर्वलाई महोत्सवको रुपमा विकास गरिएको बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तुलबहादुर अधिकारीले महोत्सवलाई भव्य रुपमा सम्पन्न गर्न सबैलाई अनुरोध गरेका छन् ।

भैरवस्थान पछि रानीमहलमा प्रदेश प्रमुख

प्रदेशका प्रमुख यादवले पाल्पाको तानसेन १३ स्थित ऐतिहासिक रानीमहल दरबार क्षेत्रको अवलोकन गरेका थिए । रिब्दीकोट गाउँपालिका ४ भैरवस्थानमा अवस्थित प्रसिद्ध भैरव मन्दिरमा आयोजित कार्यक्रम पछि प्रदेश प्रमुख यादव रानीमहल गएका हुन् ।

तत्कालिन जनरल खडक शमशेर राणाले आफ्नी धर्मपत्नी तेजकुमारीको रानीमहल निर्माण गरेका थिए । विस १९५० सालमा निर्माण कार्य थालनी गरी पाँच वर्ष पछि निर्माण कार्य सम्पन्न भएको थियो । पाल्पाको भैरव मन्दिरमा धार्मिक पर्यटक र रानीमहलमा प्रेम जोडीहरु युवापुस्ताको गन्तव्य स्थलको रुपमा विकास भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्