Logo
Logo

देशको भूभाग मिचिँदा पनि प्रधानमन्त्री सत्ता जोगाउने खेलमा मस्त : भीम रावल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा माधवकुमार नेपाल पक्षका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्तत्वसँग प्रतिकल हुने गरी साँठगाठँमा तल्लिन रहेको आरोप लगाएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा नेता रावलले लेखेका छन्– ‘प्रधानमन्त्री केपी ओली सत्ता र कुर्सी जोगाउन नेपालको अस्मितासँग गाँसिएको नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन हुनुहुन्छ । देशभक्त नेपाली सजग होऔं !’

देशको अस्मितामाथि प्रहार हुँदा पनि प्रधानमन्त्री ओली मौन बसेको नेता रावललको आरोप छ । दार्चुलाको महाकाली किनारमा भारतले एकतर्फी रुपमा संरचना बनाउँदा सरकार चुप रहेको उनले बताएका छन् ।

‘दार्चुलाको महाकाली नदी किनारमा नेपाल आमाको छातीमा विदेशी पाइलाले कुल्चिरहेछ, प्रधानमन्त्री केपी ओली वालुवाटारमा पदको खेल र झेलमा मग्न हुनुहुन्छ । सत्ता र कुर्सीका सामु प्रधानमन्त्री केपी ओलीका लागि देशको भूभाग विदेशीले कब्जा गरोस् वा अतिक्रमण केही चासोको विषय नरहेको झैं देखियो, रहस्यमय मौनता !’ नेता रावलले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्