Logo
Logo

ओली परिवर्तन नचाहनेहरुको दलाल बने : प्रचण्ड


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओली परिवर्तन नचाहने शक्तिहरूको ‘दलाल’ बनेको बताएका छन् ।
नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको बुधबार धुलिखेलमा राष्ट्रिय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।


अध्यक्ष प्रचण्डले २०६२/०६३ को जनआन्दोलन पछिको परिवर्तनलाई ओलीले नरुचाएको भन्दै विस्तृत शान्ति प्रक्रियादेखि नै एउटा वर्गले यथास्थितिवादकै पक्षमा चलखेल गर्दै आएको बताए ।
उनले भने, ‘संविधान जारी भयो, चुनाव भयो, झण्डै दुई तिहाइ बहुमत पनि ल्याइयो । जो पहिलादेखि षडयन्त्रमा थिए, हाम्रै पार्टीभित्रका साथीलाई दलाल बनाउन सफल भए ।’ अहिले परिणामस्वरुप संसद विघटन गर्ने, संविधान क्षतविक्षत बनाउने र लोकतन्त्र मास्ने प्रयास ओलीबाट भइरहेको उनको भनाइ छ ।
प्रतिनिधिसभा विघटनविरुद्धका रिटबारे फैसला गर्दै संवैधानिक इजलासले वर्तमान सरकारलाई संविधानको धारा ७६ को उपधारा १ अन्तर्गतको मानेको तर अर्को एक मुद्दामा त्यही अदालतको दुईजना न्यायाधीशको इजलासले यो सरकार धारा ७६ को उपधारा २ अन्तर्गतको बनाइदिएको भन्दै प्रचण्डले भने, ‘तर, हामी गम्भीर छौँ, हामी सतर्क पनि छौँ ।’
अध्यक्ष प्रचण्डले लामो संघर्ष र नेपालीको बलिदानपछि मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको स्मरण गर्दै समावेशी, संघीयता, धर्मनिरपेक्षता यसको मौलिक पक्ष रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्