Logo
Logo

कांग्रेस केन्द्रीय समितिको बैठक चैत २० मा बस्ने


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समितिको बैठक बोलाएको छ । चैत २० का लागि सभापति शेरबहादुर देउवाले बैठक बोलाएका हुन् ।

क्रियाशील सदस्यता वितरण र नवीकरणका विषयमा छलफल गर्न बैठक डाकिएको बताइएको छ । चैत १० गतेसम्म क्रियाशील सदस्यता वितरण र नवीकरण टुंगाउन केन्द्रले गरेको निर्देशन अनुसार नामावली केन्द्रमा आइपुगेको छैन ।

९ जिल्लाले क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य नै सुरु गरेका छैनन्। १० लाख क्रियाशील सदस्य बनाउने नीति पार्टीले लिएपनि ४ लाख जनाको मात्रै नामावली सूचिकृत भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्