Logo
Logo

मोबाइलले प्रधानमन्त्री ओलीको फोटो खिच्न नपाइने !


दृष्टि संवाददाता


काठमाडौं । पछिल्लो समय फोटो खिच्न मोबाइलको अधिक प्रयोग हुने गरेको छ । प्रविधिको यो सुविधा प्रयोग गर्नेहरुको संख्या दिनदिनै बढ्दैछन् । तर, यसैबेला प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर आफ्नो मोबाइलले खिच्दै हुनुहुन्छ भने होसियार गर्नुहोला ।


अबदेखि प्रधानमन्त्री ओली सहभागी हुने सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नपाइने भएको छ । बिहीबार ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको घोषणा गर्ने कार्यक्रममा कृषि मन्त्रालयका उपसचिव प्रदीपकुमार भट्टराईले कार्यक्रम शुरू हुनुपूर्व यस्तो जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीका सुरक्षाकर्मीले प्रोटोकलअनुसार मोवाइल फोनबाट फोटो खिच्न नमिल्ने जानकारी पाएको उनले बताए । यससँगै प्रधानमन्त्री ओलीको तस्बिर लिन चाहने कार्यकर्ता तथा फ्यान भने दुखी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्