Logo
Logo

ओलीले डाके बैठक, माधव पक्ष सहभागी होला ?


दृष्टि संवाददाता


 

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठक र पार्टीका सांसदहरूको भूमिकाबारे छलफल गर्न दलको बैठक बोलाएका छन् ।
प्रमुख सचेतक विशाल भट्टराईका अनुसार बैठक भोली शुक्रबार बोलाएका हुन् । बैठक बिहान ११ बजे बोलाइएको छ ।
शुक्रबार नै नेकपा एमालेको माधव नेपाल-झलनाथ खनाल पक्षको केन्द्रीय समिति बैठक बस्दैछ । शुक्रबारको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे नेताहरूबीच छलफल हुन बाँकी रहेको नेपाल पक्षका सांसदहरूले बताएका छन् ।
एमाले पुर्नस्थापनापछि तीनपटक दलको बैठक बस्दा नेपाल पक्ष सहभागी भएको छैन । प्रतिनिधिसभामा १२० एमाले सांसदमध्ये माधव नेपाल पक्षमा हाल ३५ जना छन् ।

 

प्रतिक्रिया दिनुहोस्