Logo
Logo

पुरिएको अवस्थामा झा दम्पतीको शव फेला


दृष्टि संवाददाता


जनकपुर । महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर–२ स्थित अत्तरा जाने बाटोमा माटोले पुरिएको अवस्थामा मानव कंकाल फेला परेको छ । होलीका लागि घर पोत्न माटो लिन गएका स्थानीयवासीले बिहीबार माटोले पुरेको अवस्थामा बोराभित्र मानव कंकाल फेला पारेका हुन् ।
घटनास्थलमा पुगेका प्रहरी टोलीले माटो पन्छाएर खोजतलास गर्दा दुईवटा बोरामा मानव कंकाल फेला जनाएको छ । बोराभित्र राखेर माटोमा पुरिएको अवस्थामा फेला परेको कंकाल केही समयअघि बेपत्ता भएका महोत्तरीकै सोहडवा गाउँका ६५ वर्षीय मुसाफिर झा र ६० वर्षीय उनकी पत्नी गीतादेवी झाको परिवारलाई घटनास्थलमा बोलाएर कंकाल र कपडा देखाएपछि उनीहरुले ती कंकाल झा दम्पतीकै रहेको बताएको प्रहरीले जनाएको छ ।
हत्या गरेर दुई वटा बोरामा माटोमूनि पुरिएको अवस्थामा दुईवटा शवको कंकाल बरामद भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए । उनका अनुसार दुवै शवको हड्डीमात्र बाँकी रहेकाले पहिचानमा कठिनाइ भएको थियो ।
प्रहरी उपरिक्षक आचार्यले भने, ‘अपहरण गरिएको राति झा दम्पतीले लगाएकै कपडा उक्त बोराभित्रबाट बरामद भएका आधारमा उनीहरुको परिवारजनले शवको पहिचान गरेको हो ।’ २३ दिनदेखि बेपत्ता झा दम्पतीबारे सीआइबीले अनुसन्धान थालेको थियो । आफ्नै घरमा सुतेका झा दम्पती गत १० फागुनको राति बेपत्ता भएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्