Logo
Logo

सांसद चौधरीको रिहाइको माग गर्दै बसेको धर्नामा पुगे गृहमन्त्री


दृष्टि संवाददाता


 

काठमाडौं । सांसद रेशम चौधरी रिहाइको माग गर्दै बसेको धर्नामा गृहमन्त्री रामबहादर थापा ‘बादल’ पुगेका छन् । चौधरीको रिहाईका लागि माइतीघर मण्डलामा बिहीबार धर्नामै गृहमन्त्री थापा पुगेका हुन् ।
सरकारले विप्लव र सीके राउतलाई मूलधारमा ल्याएपनि पहिचान तथा अधिकारको लडाइँ भएको टीकापुर घटनामा सांसद रेशम चौधरीसहितलाई मुद्दा लगाएको भन्दै चौधरीको रिहाइको माग गर्दै माइतीघरमा थारु अगुवाहरुले धर्ना दिँदै आएका छन् ।
दैनिक एक घन्टा धर्ना आयोजना गरिँदै आएको छ । आफ्नो माग मुद्दा सुनुवाइका लागि सभाले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई ज्ञापन पत्र बुझाइसकेको छ ।
जनता समाजवादी पार्टीका सांसाद चौधरीको रिहाइका लागि पछिल्लो समय सत्ता सहकार्यबारे जसपाले रिहाई हुुनुपर्ने विषयलाई प्रमुख शर्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्