Logo
Logo

५० हजार घुससहित पक्राउ परेका खरिदारलाई सफाई


दृष्टि संवाददाता


काठमाडौं, १२ चैत ।
बिशेष अदालतले बुधबार ५० हजार घुससहित पक्राउ परेका मालपोतका एक कर्मचारीलाई पनि सफाई दिएको छ ।

भूमिसुधार तथा मालपोत कार्यालय बाँकेका खरिदार संजय कुमार ठाकुरलाई प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र चन्द्रबहादुर सारुको इजसालले सफाईको फैसला गरेको छ । जग्गा पासमा रजिष्ट्रेसन शुल्क घटाइदिने भन्दै खरिदार ठाकुरले घुस लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी थियो ।

प्रतिक्रिया दिनुहोस्