Logo
Logo

‘नेपाल कृषि र पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर’


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि तथा पशुपन्छीजन्य उत्पादनमा आत्मनिर्भर रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले बिहीबार कृषि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा उनले मासुजन्य उत्पादन, धुलो दूध, अण्डा र बटरमा नेपाल आत्मनिर्भर बनेको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले भने, ‘हामी देशलाई एक क्षेत्रमा एक कदम अगाडि बढाउन सफल भएका छौँ । यो राष्ट्रका लागि खुशीको कुरा हो ।’ उनले हरेक दिन एक कदम अगाडि’को नारा सार्थक पार्ने दिशामा सरकार अघि बढेको दावी गरे । प्रधानमन्त्री ओलीले भने, ‘हामी हरेक दिनजसो नयाँ–नयाँ उपलब्धि हासिल गर्दै जाँदैछौँ ।’

प्रतिक्रिया दिनुहोस्