Logo
Logo

माधव–प्रचण्डबीच कोटेश्वरमा छलफल


दृष्टि संवाददाता


काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एमालेका नेता माधवकुमार नेपालबीच बिहीबार छलफल भएको छ ।

सर्वोच्च अदालतले नेकपा बदर गरी एमाले र माओवादीमा फर्काइदिएपछि पेरिसडाँडामा अन्तिम स्थायी कमिटी बैठक गरेर छुट्टिएका नेताहरूबीच दोस्रो पटक छलफल भएको हो ।

सर्वोच्चको फैसलाविरुद्ध माओवादी केन्द्र शुक्रबार न्यायिक पुनरावलोकनमा जाँदैछ । एमालेको माधव नेपाल पक्षले सर्वोच्चको फैसला राजनीतिक र अचम्मको भएको टिप्पणी गर्दै न्यायिक पुनरावलोकन हुनुपर्ने बताइरहेको छ ।

यसै सन्दर्भमा छलफल गर्न नेताहरूबीच बैठक बसिरहेको हो ।

प्रतिक्रिया दिनुहोस्