Logo
Logo

गृहमन्त्रीबाटै सरकारको निर्देशन अवज्ञा


दृष्टि संवाददाता


काठमाडौैं, १२ चैत ।
देशमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालय सभा, जुलुस तथा भिडभाड नगर्न निर्देशन दिएको छ । तर, सरकारका गृहमन्त्री रामबहादुर थापा बादलले नै यसको अवज्ञा गरेका छन् ।


थारु कल्याणकारी सभाले आयोजना गरेकोे विरोध प्रदर्शनमा गएर गृहमन्त्री बादलले आफैं भाषण गरेका हुन् । उनले वार्ता समिति बनाएर यस विषयमा छलफल गरिने बताएका हुन् ।
टिकापुर घटनामा जेलमा रहेकालाई छाड्नुपर्ने मागसहित उनीहरुले विरोध प्रदर्शन गरेका थिए । सोही माग राखेको राष्ट्रिय जनता पार्टी सरकारमा जान लागेको छ । सोही कारण गृहमन्त्री आफैं सडकमा गएर भाषण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्