Logo
Logo

कोरोना जोखिम बढेपछि शिक्षण संस्थामा समारोह गर्न रोक


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमण बढेको भन्दै शिक्षा मन्त्रालयले शिक्षण संस्थामा सभा, समारोह, वार्षिक उत्सव नगर्न निर्देशन दिएको छ ।

विहिबार शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले भीडभाड हुने प्रकृतिका कार्यक्रम र भेला नगर्न आग्रह गरेको हो ।

बैठकपछि जारी वक्तव्यमा दैनिक पठनपाठन संचालन गर्दा भीडभाड नहुने गरी संचालन गर्न समेत मन्त्रालयले निर्देशन दिइएको उल्लेख छ ।

विद्यालयमा कोभिड–१९ संक्रमणको जोखिम बढेको समीक्षा गर्दै बैठकले शिक्षक एवं विद्यार्थी सजग एवं सचेत हुनुपर्ने आवश्यकता औंल्याइएको छ ।

शिक्षण संस्थामा मास्क एवं सेनिटाइजर, साबुनपानी, ज्वरो मापन तथा लक्षण देखिएकालाई उपचार गर्ने व्यवस्था गर्न पनि मन्त्रालयले निर्देशन दिएको छ ।

यस्तै, पुनः विद्यालय बन्द हुने लगायतका अफवाह चलाइएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले तत्काल त्यस प्रकारको कुनै निर्णय नभएको समेत बताएको छ ।

प्रतिक्रिया दिनुहोस्