Logo
Logo

लकडाउन होइन स्वास्थ्य मापदण्डमा कडाई हुन्छ : अर्थमन्त्री पौडेल


दृष्टि संवाददाता

504
Shares

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोरोना भाइरस रोकथामका लागि लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको बताएका छन् ।

कोरोना भाइरसको जोखिम पुनः बढेसँगै लकडाउन हुन सक्ने अफवाह चलिरहँदा अर्थमन्त्री पौडेलले कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने बताएका हुन् ।

मन्त्री पौडेलले भने ‘हामी आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ । सरकारको सोच के हो भने कोभिडको दोस्रो लहरको चर्चा चलिरहेको छ त्यसबाट हामी जोगिनु पर्ने छ । अर्कोतर्फ आर्थिक सामाजिक क्रियाकलापलाई नियमित र सूचारु पनि गर्नुपर्ने आवश्यकता छ । त्यसकारणले हामी आर्थिक, सामाजिक क्रियाकलापलाई सूचारु पनि गर्छौं, नियमित पनि गर्छौं र स्वास्थ्य मापदण्डलाई ख्याल गरेर अगाडि बढ्छौं । अहिले सरकारले सीमानाका बन्द गर्ने, लकडाउन गर्नेतर्फ सोचेको छैन । त्यो अहिले उपयुक्त पनि हुँदैन ।’

कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्थासँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने अर्थमन्त्री पौडेलको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्